२०८३ साउन २१ गते बिहीबार

निर्वाचनः समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न

निर्वाचनः समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १३ गते सोमबार ०७:१७

समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ८ लाख ५४ हजार ८०० मतपत्र छपाइ सम्पन्न भएको हो ।

काठमाडौं ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ ।

सोमवार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

उनकाअनुसार समानुपातिक निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ८ लाख ५४ हजार ८०० मतपत्र छपाइ सम्पन्न भएको हो ।

उनले प्रत्यक्षतर्फको निर्वाचन प्रणालीका लागि आवश्यक पर्ने २ करोड ३ लाख २३ हजार मतपत्र छपाइ कार्य आजदेखि सुरु भएको समेत जानकारी दिए ।

अबको १५ दिनभित्र मतपत्र छपाइको कार्य सम्पन्न हुने र क्रमशः निर्वाचन केन्द्रमा ढुवानी गरिने भण्डारीको भनाइ छ । उनले अगामी फागुन ५ भित्र मतदान क्षेत्र र मतदानस्थलमा मतपत्र पुगिसक्ने समेत जानकारी दिएका छन् ।

प्रकाशित मिति २०८२ माघ १३ गते सोमबार ०७:१७
हजुरको प्रतिक्रिया