२०८३ साउन २१ गते बिहीबार

खाद्य स्वच्छता, गुणस्तर नियन्त्रण र अनुगमनमा उल्लेखनीय प्रगति

खाद्य स्वच्छता, गुणस्तर नियन्त्रण र अनुगमनमा उल्लेखनीय प्रगति

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १३ गते सोमबार ०७:२२

कार्यालय तथा मातहतका डिभिजन कार्यालयमार्फत १० लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ । सा

पोखरा ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले आर्थिक वर्ष २०८२÷८३ को दोस्रो त्रैमासिक तथा अर्धवार्षिक अवधिमा खाद्य स्वच्छता, गुणस्तर नियन्त्रण र अनुगमनमा उल्लेखनीय प्रगति गरेको जनाएको छ ।

कार्यालयले सोमबार पत्रकार सम्मेलन गर्दै ६ महिनामा कार्यालयबाट भएका प्रगती विवरण सार्वजनिक गरेको हो ।

यस अवधिमा खाद्य तथा दाना उद्योगको अनुज्ञापत्र सिफारिस, जारी र नवीकरण, बजार तथा होटल–रेष्टुरेन्ट अनुगमन, नमूना संकलन र विश्लेषणलाई तीव्रता दिइएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले जानकारी दिए ।

दोस्रो त्रैमासिकसम्म सयौँ पटक अनुगमन गरिएको र दर्जनौँ खाद्य नमूनाको प्रयोगशाला परीक्षण गरिएको कार्यालयले जनाएको छ । परीक्षण गरिएका नमूनामध्ये करिब ३ देखि ४ प्रतिशत नमूना मापदण्ड विपरीत फेला परेको श्रेष्ठले बताए ।

खाद्य तथा दाना ऐन विपरीत कार्य गर्ने उद्योग तथा व्यवसायीविरुद्ध मुद्दा दायर गर्ने कार्यसमेत अगाडि बढाइएको छ । अर्धवार्षिक अवधिसम्म विभिन्न जिल्लामा खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी कसुरमा ५ वटा मुद्दा दायर गरिएको कार्यालयको तथ्यांकमा उल्लेख छ ।

यस अवधिमा राजस्व संकलनतर्फ पनि प्रगति देखिएको छ । कार्यालय तथा मातहतका डिभिजन कार्यालयमार्फत १० लाख ३० हजार रुपैयाँ राजस्व संकलन भएको छ । सा

थै, खाद्य स्वच्छता, पोषण र उपभोक्ता सचेतनाका लागि तालिम, अन्तरक्रिया, विद्यालयस्तरीय कार्यक्रम र होटल स्तरीकरणसम्बन्धी गतिविधिहरू सञ्चालन गरिएको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति २०८२ माघ १३ गते सोमबार ०७:२२
हजुरको प्रतिक्रिया