२०८३ साउन २१ गते बिहीबार

पोखरामा तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ–२०८२ सम्पन्न

पोखरामा तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ–२०८२ सम्पन्न

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ माघ १७ गते शुक्रबार ०८:०७

कार्यक्रममा बरिष्ठ गायीका कुन्ती मोक्तानले विशेष प्रस्तुती दिएकी थिइन् ।

पोखरा ।

पोखरामा तारादेवी–अरुणा लामा स्मृति श्रष्टा साँझ–२०८२ सम्पन्न भएको छ ।

पोखरेली महिला कलाकारहरुको साझा संस्था हार्मोनी र एभरेस्ट एफएम ९३ मेगाहर्जको संयुक्त आयोजनामा श्रष्टा साँझको चौथो संस्करण सम्पन्न भएको हो ।

स्वर साम्राज्ञी अरुणा लामा र स्वर किन्नरी तारादेवीको स्मृति दिवसको सन्दर्भ पारेर पोखरा ईभेन्ट सेन्टरमा साँझको आयोजना गरिएको थियो ।

स्वर्गिय स्वर साम्राज्ञी अरुणा लामाको माघ २२ गते र कालजयी गायीका तारादेवीको माघ १० गते स्मृति दिवस हो ।

यी दुवै सर्वप्रिय गायीको स्मृति दिवसको सन्दर्भ पारेर हार्मोनी र एभरेस्ट एफएमले २०७९ सालदेखि हरेक वर्ष अरुणा लामा–तारादेवी स्मृति साँझ आयोजना गर्दै आएको छ ।

नेपाली सांगीतिक क्षेत्रका हस्तीहरु अरुणा लामा र तारादेवीको स्मृतिमा उनीहरुप्रति समर्पित ‘ट्रिब्यूट’ दिने उद्देश्यले साँझको आयोजना गरिएको हो । पोखरेली कलाकार ईतु जोजिजू, शितल थापा, कौशल्या गुरुङ, रजनी ऋदम राई, लक्ष्मी गिरी, मितु पाल र बबी दियाली रसाईलीले प्रस्तुती दिएका थिए ।

कार्यक्रममा बरिष्ठ गायीका कुन्ती मोक्तानले विशेष प्रस्तुती दिएकी थिइन् ।

कार्यक्रममा अन्वेषक, लेखक तथा निर्देशक प्रकाश सायमीले विद्यत सांगीतिक स्मृति प्रवचन दिएका थिए । पोखरा महानगरपालिकाको प्रवद्र्दनमा विभिन्न संघसंस्थाको सहयोगमा कार्यक्रम आयोजना गरिएको एभरेष्ट एफएमका स्टेसन म्यानेजर दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।

कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य लगायत संगीतकर्मी, पर्यटन व्यवसायी, संघ संस्था र संगीत प्रेमीको बाक्लो उपस्थिति रहेको थियो ।

प्रकाशित मिति २०८२ माघ १७ गते शुक्रबार ०८:०७
हजुरको प्रतिक्रिया