२०८३ साउन २१ गते बिहीबार

गलेश्वर मन्दिरमा महाशिवरात्री पर्वमा भक्तजनको थामिनसक्नु भिड

गलेश्वर मन्दिरमा महाशिवरात्री पर्वमा भक्तजनको थामिनसक्नु भिड

हरिकृष्ण गौतम

@Public 4K Tv

२०८२ फागुन ३ गते आइतबार ०७:३३

महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् ।

म्याग्दी ।

म्याग्दीको प्रसिद्ध धार्मीक स्थल गलेश्वरधाम शिवालय मन्दिरमा महाशिवरात्री पर्वमा भगवान शिवको पुजा गर्ने आउने भक्तजनको भिड लागेको छ ।

बेनी नगरपालिका–९ मा अवस्थित मन्दिरमा महादेवको दर्शन गर्न आउने भक्तहरु, सादु तथा भजनक्रिर्तन उपस्थितले मन्दिरमा घुइँचो लागेको हो ।

शिवरात्रीको अघिल्लो दिनै रातभर जागरमा बसी मनोकामना पुरा हुने तथा शिवलोक प्राप्ती गर्ने जनविश्वासका भक्तजनहरू मन्दिरमा पुगेको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिव सम्मरबहादुर थापाले बताए । मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई प्रवेश र बाहिने छुट्टै लाइनको व्यवस्था गरिएको थियो ।

जिल्ला प्रहरी, सशस्त्र प्रहरी, सामुदायिक प्रहरी, विभिन्न विद्यालय, क्लब र आमा समूहका स्वयंसेवकको सहभागितामा पूजालाई व्यवस्थित गरिएको थियो। सुरक्षाका लागि गलेश्वर र आसपास क्षेत्रमा पोशाक र सादा पोशाकका प्रहरी परिचालन गरिएको थियो भने गलेश्वर बजार बाहिर नै र्पाकिङ गरिएकाले पैदलमार्गमा आवतजावत गर्न समेत सहज भएको भक्तजनको भनाई छ । मन्दिरमा दर्शन गर्न गएका भक्तजनले सहज र ब्यवस्थित रहेको कोषका अध्यक्ष माधबप्रसाद रेग्मीको भनाई छ ।

शिवजी उत्पत्ति भएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराण लगायतका ग्रन्थमा उल्लेखित छ । फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान् शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिवलाई ब्याख्या गरिन्छ । गलेश्वरधाम मन्दिरमा मात्रै करिब ३० हजारभन्दा बढीले दर्श गर्ने अनुमान गरिएको छ।

महाशिवरात्रिका दिन आज भक्तजनले शुद्ध भई शिव मन्दिरमा पूजार्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । यस पर्वका दिन उपवास गरी रातभर जाग्राम बसेम सव्र्सिसद्धि लाभ भई यमलोक जानु नपर्ने धार्मिक विश्वास छ । आजको दिन महादेवलाई जाडो हुने जनविश्वासले प्रत्येक घर, चोक र मठमन्दिरमा दाउरा मागेर धुनी जगाई भजनकीर्तनका साथ सोही आगामा प्रसाद बनाई ग्रहण गरिन्छ ।

कृष्णागण्डकीवाट उठेर ९ रोपनी चट्टानमा फैलिएको एउटै प्रसिद्ध गोलाकार चक्रशिलाको उत्तरपूर्वी कोणमा अवस्थित मन्दिर भित्र स्वयम् उत्पत्ति ज्योतिर्लिङ्गेश्वर महादेव विराजमान भएको धार्मिक विश्वास रहेको छ । गलेश्वर मन्दिर परिसरमा कहिल्यै नसुक्ने पोखरी छ।

गलेश्वरधाममा रहेका ज्योतिर्लिङ्ग, शालिग्राम, जलकूण्ड, शंखचक्रहरु, नागमणी आदि चक्राकार रूपी चिन्ह मानवनिर्मित नभई स्वंयम उत्पन्न भएको धार्मिक पुस्तकमा उल्लेख छ । द्धापरयुगमा महादेवले सतिदेवीको मृत शरीर बोकेर कृष्णागण्डकी किनारैकिनार हिमालय पर्वततर्फ जाँदै गर्दा यसै स्थानमा सतिदेवीको गलापतन हुँदा ज्योतिर्लिङ्गेश्वर महादेव उत्पन्न भई शिवशक्तिस्वरूप रहनुभएकाले यसको धार्मिक इतिहास छ। गलेश्वर मन्दिरमा संकलन भएको भेटी पर्वूको भोली नै सार्वजिक रुपमा गन्ने गरिन्छ ।

प्रकाशित मिति २०८२ फागुन ३ गते आइतबार ०७:३३

हजुरको प्रतिक्रिया