२०८३ साउन २१ गते बिहीबार

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवद्वारा पूर्वप्रधानमन्त्री ओलीप्रति समवेदना प्रकट

राष्ट्रपति पौडेल र उपराष्ट्रपति यादवद्वारा पूर्वप्रधानमन्त्री ओलीप्रति समवेदना प्रकट

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत ३ गते मंगलबार ०३:०७

राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटी उनका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

पोखरा ।

राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरका छन् ।

राष्ट्रपति पौडेलले अध्यक्ष ओलीलाई भेटी उनका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

अध्यक्ष ओलीका पिताको निधनले सिंगो परिवारमा पर्न गएको अपूरणीय क्षतिप्रति राष्ट्रपतिले गहिरो सहानुभूति समेत व्यक्त गरे ।

त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले पनि पितृशोकमा रहेका ओलीप्रति समवेदना प्रकट गरेका छन् ।

उपराष्ट्रपति यादवले अध्यक्ष ओलीलाई भेटी उनका पिताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

प्रकाशित मिति २०८२ चैत ३ गते मंगलबार ०३:०७
हजुरको प्रतिक्रिया