२०८३ साउन २१ गते बिहीबार

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको पूजा आराधना

प्रधानमन्त्री कार्कीद्वारा पशुपतिनाथको पूजा आराधना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८२ चैत ४ गते बुधबार १२:१६

पोखरा । प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् । निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीले आराध्यदेव पशुपतिनाथलाई धन्यवाद स्वरुप उक्त पूजा गरेकी हुन् । मुलुकलाई...

पोखरा ।

प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन् ।

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि प्रधानमन्त्री कार्कीले आराध्यदेव पशुपतिनाथलाई धन्यवाद स्वरुप उक्त पूजा गरेकी हुन् ।

मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरेकी छन् ।

सो अवसरमा संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पनि सरिक थिए ।

प्रकाशित मिति २०८२ चैत ४ गते बुधबार १२:१६
हजुरको प्रतिक्रिया