२०८३ जेठ २२ गते शुक्रबार

एशियाली छनोट : चीनलाई हराउँदै नेपाली पुरुष टोलीको विजयी सुरुवात, महिला टोली बाहिरियो

एशियाली छनोट : चीनलाई हराउँदै नेपाली पुरुष टोलीको विजयी सुरुवात, महिला टोली बाहिरियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ जेठ १७ गते आइतबार १२:५६

  पोखरा । नेपाली पुरुष क्रिकेट टोलीले एशियाली खेलकुद छनोट प्रतियोगितामा विजयी शुरुआत गरेको छ भने महिला टोली भने छनोट हुन असफल भएको छ। सिङ्गापुरमा आइतबार भएको खेलमा नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले हरायो। नेपालले दिएको...

 

पोखरा ।

नेपाली पुरुष क्रिकेट टोलीले एशियाली खेलकुद छनोट प्रतियोगितामा विजयी शुरुआत गरेको छ भने महिला टोली भने छनोट हुन असफल भएको छ।

सिङ्गापुरमा आइतबार भएको खेलमा नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले हरायो। नेपालले दिएको ३१४ रनको विशाल लक्ष्य पछ्याएको चीन १९.२ ओभरमा ९२ रनमै समेटियो। नेपालका कुशल मल्लले ३ तथा सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर ३१३ रन बनाएको थियो। कुशल भुर्तेलले ४३ बलमा १६ छक्का र ५ चौकाको मद्दतमा १२९ रनको विस्फोटक शतकीय इनिङ्स खेले। कुशल मल्ल ८५ रनमा अविजित रहे भने रोहित पौडेलले ६९ रन जोडे। भुर्तेलले खेलको नवौँ ओभरमा लगातार ६ छक्का प्रहार गर्दै नयाँ कीर्तिमानसमेत बनाए।

यो जितसँगै नेपाल समूह ‘ए’ को शीर्ष स्थानमा पुगेको छ।

यता महिला टोली भने एशियाली खेलकुदमा छनोट हुनबाट वञ्चित भएको छ। तेस्रो स्थानका लागि भएको खेलमा चीनसँग डीएलएस नियमका आधारमा ५ विकेटले पराजित भएपछि नेपालको छनोट यात्रा टुंगिएको हो।

वर्षाले प्रभावित खेलमा नेपालले ७ ओभरमा ५ विकेट गुमाएर ५० रन बनाएको थियो। कविता कुँवर २२ रनमा अविजित रहिन्।

डीएलएस नियमअनुसार ४३ रनको लक्ष्य पाएको चीनले अन्तिम ओभरमा भेट्टाउँदै एशियाली खेलकुदको टिकट सुरक्षित गर्यो।

यससँगै चीन, थाइल्यान्ड र मलेशिया एशियाली खेलकुदका लागि छनोट भएका छन्।

प्रकाशित मिति २०८३ जेठ १७ गते आइतबार १२:५६
हजुरको प्रतिक्रिया