२०८३ साउन २१ गते बिहीबार

पोखरामा ‘चङ्गा अल–स्टार फुटसल २०२६’ हुने, ४ टोली भिड्दै

पोखरामा ‘चङ्गा अल–स्टार फुटसल २०२६’ हुने, ४ टोली भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार ३ गते बुधबार ०२:१६

प्रतियोगितामा सहभागी हुने टोलीहरूमा टिम प्याराडाइम, टिम चङ्गा, टिम क्रिएटर्स र टिम कर्पोरेट गरी कुल ४ टिमले प्रतिस्पर्धा गर्ने चङ्गा प्रोडक्सनका प्रोग्राम कोर्डिनेटर तथा म्यानेजर सुजल केसीले बताए ।

प्रवेश नि: शुल्क

पोखरा —प्रोडक्सनको क्षेत्रमा लोकप्रिय तथा चर्चित चङ्गा प्रोडक्सनले पोखरा रङ्गशालाको कभर्ड हलमा आगामी शुक्रबार “चङ्गा अल–स्टार फुटसल २०२६“ (Changa all star futsal-2026) प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

हाल जारी फिफा फुटबल विश्वकपको अवसरमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरुलाई एउटै मैदानमा जमघट गराउनेगरी सो प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

सामाजिक सेवा र परोपकारी कार्यमा टेवा पु¥याउने लक्ष्यसहित प्रतियोगिता आयोजना गरिएको चंगा प्रोडक्सनका प्रमुख विवेक गुरुङले जानकारी दिए ।

उनका अनुसार सो प्रतियोगितामा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू (कलाकार, कन्टेन्ट क्रियटर, व्यवसायी लगायत) आबद्ध ४ वटा टोलीहरूले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा सहभागी हुने टोलीहरूमा टिम प्याराडाइम, टिम चङ्गा, टिम क्रिएटर्स र टिम कर्पोरेट गरी कुल ४ टिमले प्रतिस्पर्धा गर्ने चङ्गा प्रोडक्सनका प्रोग्राम कोर्डिनेटर तथा म्यानेजर सुजल केसीले बताए ।

केसीका अनुसार पाहुना टोली ‘टिम प्याराडाइम’ को नेतृत्व गर्दै सिसन बानियाँले गर्नेछन् । सो प्रतियोगितामा विभिन्न स्टलहरु रहनेछन् भने, चंगा स्पोर्टस्बाट प्रतियोगिताको प्रत्यक्ष प्रशारण हुनेछ ।

प्रवेश निशुल्क रहने सो प्रतियोगिता आगामी ५ गते शुक्रबार पोखरा रंगशालाको बहुद्देश्यीय भवनमा दिउँसो ३ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।

चंगा प्रोडक्सन मोफलसलकै लोकप्रिय र चर्चित प्रोडक्सन कम्पनी हो । जसले ‘हावा जस्तै’ लगायतका दर्जनौ सफल म्यूजिक भिडियोहरु उत्पादन गरिसकेको छ ।

प्रकाशित मिति २०८३ असार ३ गते बुधबार ०२:१६
हजुरको प्रतिक्रिया