२०८३ साउन २१ गते बिहीबार

कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैनः सञ्चारमन्त्री

कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न सक्दैनः सञ्चारमन्त्री

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असार २१ गते आइतबार ११:०८

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् । आईतवार नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून...

काठमाडौं ।

सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले कसैले पनि प्रेस स्वतन्त्रताको हनन गर्न नसक्ने बताएका छन् ।

आईतवार नेपाल पत्रकार महासंघले ललितपुरमा आयोजना गरेको बदलिँदो परिस्थितिमा प्रेस स्वतन्त्रताः सञ्चार कानून र जिम्मेदवार पत्रकारिता विषयक कार्यक्रममा बोल्दै उनले सरकार प्रेस स्वतन्त्रताको संकुचन गर्नेतर्फ नलागेको स्पष्ट पारेका हुन् । उनले सरकारलाई लोकतन्त्रको आधारस्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको बताए । सरकारले संवैधानिक हक–अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पु¥याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानूनी व्यवस्था रहेको जिकिर गरे । कुनै विषयमा संवाद गर्न आवश्यक भए सरकार पत्रकारहरुसँग छलफल गर्न तयार रहेको समेत उनले बताए ।

मन्त्री तिमिल्सिनाले सरकार गैरजिम्मेवार बने त्यसबारे प्रश्न उठाउनु पत्रकारको सबैभन्दा ठूलो दायित्व भएको जिकिर गरे ।

प्रकाशित मिति २०८३ असार २१ गते आइतबार ११:०८
हजुरको प्रतिक्रिया