२०८३ साउन २१ गते बिहीबार

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ७ गते बिहीबार ११:१८

पोखरा । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिदेशीय शृंखलामा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ । यो श्रृंखलाको पहिलो खेलमा नेपाल...

पोखरा ।

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिदेशीय शृंखलामा नेपालले आज घरेलु टोली नेदरल्यान्ड्ससँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजे शुरु हुनेछ ।

यो श्रृंखलाको पहिलो खेलमा नेपाल नामिबियासँग ८ विकेटले पराजित भएको थियो ।

यो शृंखलाको तेस्रो खेलमा नेपालले साउन ११ गते पुनः नामिबियासँग र साउन १३ गते नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

लिग–२ अंकतालिकामा नेपाल र नामिबिया दुवैको २९ खेलबाट समान २४ अंक पुगेको छ । नेट रनरेटका आधारमा नेपाल पाँचौँ र नामिबिया छैटौँ स्थानमा छन् । नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो स्थानमा छ ।

अंकतालिकाको शीर्ष स्थानमा अमेरिका, दोस्रोमा स्कटल्यान्ड र चौथोमा ओमान रहेका छन् ।

विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन शीर्ष चारभित्र रहनुपर्ने भएकाले नेपालका लागि बाँकी खेलहरू निकै महत्वपूर्ण छन् ।

विश्वकप लिग–२ मा प्रत्येक टोलीले ३६ खेल खेल्नेछन् । नेपालको अझै ७ खेल बाँकी रहेकाले शीर्ष चारमा पुग्न जित्नैपर्ने दबाब छ ।

यस्तै, एकदिवसीय मान्यता जोगाउन भने शीर्ष ६ भित्र रहनु पर्याप्त हुनेछ ।

प्रकाशित मिति २०८३ साउन ७ गते बिहीबार ११:१८
हजुरको प्रतिक्रिया