२०८३ साउन २१ गते बिहीबार

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालले आज नामिबियासँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालले आज नामिबियासँग खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ साउन ११ गते सोमबार १२:२१

पोखरा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुँदैछ । यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग...

पोखरा ।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेदरल्यान्ड्समा जारी शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले आज नामिबियासँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो पौने ३ बजेदेखि सुरु हुँदैछ ।

यसअघि नेपाल पहिलो खेलमा नामिबियासँग र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग पराजित भइसकेको छ ।

लिग २ अंकतालिकामा हाल नेपाल र नामिबिया दुवैको ३० खेलबाट समान २४ अंक छ । नेट रन रेटका आधारमा नेपाल पाँचौं स्थानमा छ भने नामिबिया सातौं स्थानमा छ ।

लिग २ को शीर्ष ४ मा पर्नका लागि नेपाललाई आजकोसहित अबका बाँकी सबै खेल ‘गर या मर’ जस्तो बनेको छ ।

शीर्ष ४ मा पर्न सके नेपाल ओडीआई विश्वकप छनोटमा सिधै प्रवेश गर्नेछ । यस्तै शीर्ष ६ मा परे ओडीआई स्टाटस जोगिने पक्का हुन्छ ।

जारी शृङखलामा नेपाल र नामिबिया दुवैलाई हराइसकेको नेदरल्यान्ड्स ३० खेलमा ३६ अंकसहित तेस्रो स्थानमा छ ।

पहिलो खेलका दौरान ह्यामस्ट्रिङको चोट बोकेका पेस बलर नन्दन यादव अब बाँकी खेलका लागि उपलब्ध हुने छैनन् । उनको स्थानमा हेमन्त धामी आउने सम्भावना छ ।

प्रकाशित मिति २०८३ साउन ११ गते सोमबार १२:२१
हजुरको प्रतिक्रिया