शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने तयारी गरेकाे छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्ने बताए । यद्यपि सरकारकाे तर्फबाट आधिकारिक निर्णय गरिसकेको छैन ।
आइतबार दिउँसो ललितपुर महानगरपालिका परिसरमा जोशीलाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका मन्त्री श्रेष्ठले पत्रकारहरुसँगको कुराकानीमा आफूले एक दिन बिदा दिनेबारे प्रधानमन्त्रीसँग छलफल गरेको बताएका हुन् ।
मन्त्री श्रेष्ठका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सत्यमोहन जोशीकाे निधनमा सरकारको तर्फबाट शोकको रुपमा एक दिन राष्ट्रिय बिदा दिने प्रस्ताव बनिसकेको छ ।
आधिकारिक सूचना सरकारी माध्यमबाट आउने मन्त्री श्रेष्ठले बताए ।
प्रकाशित मिति २०७९ असोज ३० गते आइतबार ०३:४२