२०८३ साउन २१ गते बिहीबार

मिस सुनार विश्वकर्माको फाइनल प्रतिष्पर्धा पोखरा प्रर्दशनी केन्द्रमा हुँदै

मिस सुनार विश्वकर्माको फाइनल प्रतिष्पर्धा पोखरा प्रर्दशनी केन्द्रमा हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ५ गते शनिबार ०२:५५

मिस सुनार विश्वकर्माको फाइनल प्रतिष्पर्धा आज शनिबार पोखरा ९ नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा हुँदैछ । ग्रान्ड फिनालेमा १६ जना फाइनलिस्टबीच मिस सुनारको ताजको लागि प्रतिष्पर्धा हुने भएको हो । मिस सुनारको ग्रान्ड फिनाले हेर्नका...

प्रकाश सपुत, समीक्षा अधिकारी, देवेन्द्र बब्लु, प्रताप दासलगायतकाे प्रस्तुती रहने

मिस सुनार विश्वकर्माको फाइनल प्रतिष्पर्धा आज शनिबार पोखरा ९ नयाँबजार स्थित प्रर्दशनी केन्द्रमा हुँदैछ । ग्रान्ड फिनालेमा १६ जना फाइनलिस्टबीच मिस सुनारको ताजको लागि प्रतिष्पर्धा हुने भएको हो । मिस सुनारको ग्रान्ड फिनाले हेर्नका लागि दर्शकलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ । फिनालेकाे गण्डकी प्रदेशका आन्तरिक मामिला मन्त्री डोबाटे विश्वकर्माले उद्घाटन गर्ने इभेन्टका अध्यक्ष प्रतिक विश्वकर्माले जानकारी दिए ।

यसअघि मिस सुनारको दुई संस्करण सफलतापूर्वक सम्पन्न भइसकेकाे छ । फिनालेमा परिचय राउन्ड, प्रश्नउत्तर राउन्ड, अन्तिम चरण गरी बिजेता घोषणा गरिनेछ । मिस सुनारको ताज जित्नेले स्कुटर, चाँदीको क्राउन, ट्रफी, म्युजिक भिडियो, प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ । फस्ट रनरअपले ५० हजार ,चाँदीको क्राउन, ट्रफी, म्युजिक भिडियो, प्रमाणपत्र र सेकेन्ड रनरअपले २५ हजार, चाँदीको क्राउन, ट्रफी म्युजिक भिडियो, प्रमाणपत्र प्राप्त गर्नेछन् । ४० प्रतियोगीबाट विभिन्न चरणको प्रतियोगितामार्फत १६ प्रतिष्पर्धी फिनालेका लागि छानिएका हुन् । जसमा कास्की, बागलुङ, बेनी, पर्वत, पाल्पा, म्याग्दी, तनहुँ लगायत जिल्लाबाट प्रतियोगिताबाट आवेदन परेको थियो ।

कार्यक्रममा चर्चित लोकदोहोरी गायक तथा सर्जक प्रकाश सपुत, समीक्षा अधिकारी, देवेन्द्र बब्लु, प्रताप दास, मञ्जु विक, कविता नेपाली लगायतले आफ्नो प्रस्तुति दिनेछन ।

प्रकाशित मिति २०७९ कात्तिक ५ गते शनिबार ०२:५५
हजुरको प्रतिक्रिया