चितवन – राजनीतिज्ञ एवम् पूर्व सांसद मैयाँदेवी श्रेष्ठको ९५ वर्षको उमेरमा निधन भएको छ।
नेपाली कांग्रेसकी नेतृ श्रेष्ठ पछिल्लो समय निमोनियाबाट अस्वस्थ भएकी थिइन् । उनको उपचारका क्रममा आज बिहान चितवन मेडिकल कलेजमा निधन भएको हो। उनलाई गएको असोज २५ गते भर्ना गरी पाँच दिनपछि घर लगिएको थियो । तर पुनः स्वास्थ्य अवस्था जटिल भएपछि भर्ना गरिएको थियो । उनी अविवाहित थिइन्।
आज बिहान उपचारका क्रममा उनकाे निधन भएको धर्मपुत्र टङ्कनाथ पौडेलले जानकारी दिए । मैयाँदेवी विक्रम सम्वत् १९८५ असोज ५ गते तनहुँको बन्दीपुरमा जन्मिएकी थिइन् ।
उनको पार्थिव शरीरलाई बिहान साढे ९ बजेपछि एक घण्टा पार्टी कार्यालय कमलनगरमा राखेर दिउँसो देवघाट लगिने कांग्रेस चितवनका सभापति राजेश्वर खनालले जानकारी दिए।
प्रकाशित मिति २०७९ कात्तिक ६ गते आइतबार ०९:३३