२०८३ साउन २१ गते बिहीबार

पोखरामा प्लास्टिकका फूल बेच्न रोक

पोखरामा प्लास्टिकका फूल बेच्न रोक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ६ गते आइतबार ०६:३३

पोखरा पोखरा महानगरपालिकाले प्लास्टिककजन्य फूलगुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ । महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार पोखराको छोरेपाटनदेखि महेन्द्रपुलसम्मका...

अटेर गरे एक लाख रूपैयाँसम्म जरिवाना

पोखरा
पोखरा महानगरपालिकाले प्लास्टिककजन्य फूलगुच्छाको उत्पादन आयात र बिक्री वितरणमा रोक लगाएको छ ।

महानगरपालिका उपप्रमुख एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार पोखराको छोरेपाटनदेखि महेन्द्रपुलसम्मका २० वटा पसलहरुमा अनुगमन गर्दै प्लास्टिकजन्य फूलगुच्छा, माला बिक्री वितरण नगर्न व्यवसायीलाई अनुरोध गरेको हो ।

‘प्लास्टिकका फूलमाला प्रयोगबारे व्यवसायीलाई थाहा नभएका कारण पहिलो पटक सचेत गराएका छौं,’ पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले भनिन्, ‘प्रयोग नगर्ने भनेर सरकारले नै राजपत्रमा सूचना प्रकाशन गरेकाले यसको कार्यान्यन गर्नुपर्छ भनेर अनुगमन गरेका हौं ।’

विदेशबाट आयात हुने प्लास्टिकजन्य सामग्रीले पुष्प व्यवसायलाई मात्रै नभइ वातावरणसमेत बिगारेको उपप्रमुख गुरुङको भनाइ छ । उनले व्यवसायीले सुरुमा गुनासो गेपनि पछि उनीहरुले आफैं हटाएर सहयोग गरेको सुनाइन् ।

‘चाडपर्वमा प्लास्टिकजन्य फूलहरुको व्यापार बढी हुने भएकाले अनुगमन गरेका हौं,’ उनले भनिन, ‘अहिले सचेत मात्रै गरेका छौं । फेरि बिक्री वितरण गरिएको पाइए १ लाखसम्म जरिवाना गर्नसक्ने व्यवस्था छ ।’

 

प्रकाशित मिति २०७९ कात्तिक ६ गते आइतबार ०६:३३
हजुरको प्रतिक्रिया