२०८३ असोज २३ गते शुक्रबार

यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

यू–१९ राष्ट्रिय क्रिकेटको उपाधि सुदूरपश्चिमलाई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ मंसिर १९ गते सोमबार ०३:०८

६ खेलमा ६ खेल नै जितेर फाइनल पुगेको सुदूरले लुम्बिनीविरुद्ध सहज जित हात पारेको हो ।

काठमाडौं

 

लुम्बिनी प्रदेशलाई ६ विकेटले पराजित गर्दै सुदुरपश्चिम प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

प्रतियोगिता भर अविजित रहेको सुदूरपश्चिमले प्रतियोगिताको उपाधि जितेको हो ।

६ खेलमा ६ खेल नै जितेर फाइनल पुगेको सुदूरले लुम्बिनीविरुद्ध सहज जित हात पारेको हो ।

जितका लागि पाएको ९३ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले २१ ओभरमा ४ विकेट गुमाएर भेट्टायो । सुदूरलाई बोलाउन दीपक बोहराले २५ तथा अनुराग सिंहले २२ रन बनाए । गजेन्द्र बोहरा ३९ रनमा नट आउट रहे ।

लुम्बिनीका रमेश कुर्मीले २ तथा निर्मल गुरुङ र अभिषेक गौतमले समान १ विकेट लिए ।

यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनी २९।१ ओभरमा ९२ रन बनाउँदै अलआउट भएको थियो । लुम्बिनीका आकाश त्रिपाठीले ३८ र नर सार्कीले ११ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकको रन बनाउन सकेनन् ।

लुम्बिनीले अतिरिक्त १८ रन पाएको थियो ।

लुम्बिनीको इनिङ्स ध्वस्त पार्ने क्रममा सुदूरपश्चिमका मिलन बोहराले ५ विकेट लिए । २ मेडन फालेका उनले ९ ओभरमा मात्र १५ रन दिएका थिए । हेमन्त धामी र नरेन साउदले समान २ तथा आकाश चन्दले १ विकेट लिए ।

प्रकाशित मिति २०७९ मंसिर १९ गते सोमबार ०३:०८
हजुरको प्रतिक्रिया