२०८३ साउन २१ गते बिहीबार

आहारारा पोखरा गोल्डकपः चर्च ब्वाइजविरूद्ध नेपाल पुलिसकाे अग्रता

आहारारा पोखरा गोल्डकपः चर्च ब्वाइजविरूद्ध नेपाल पुलिसकाे अग्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १५ गते शुक्रबार ०३:११

खेल पब्लिक फोरके टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

पाेखरा
पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको पहिलो हाफमा नेपाल पुलिस क्लबले अग्रता लिएको छ । खेलको २५ औं मिनेटमा विभागीय टिम नेपाल पुलिस क्लबका रवि शंकर पासवानले गोल गर्दै अग्रता दिलाएका हुन् ।

पासवानले निरकुमार राईको पासलाई सुन्दर फिनिसिङ गर्दै विपक्षी गोलपोस्टमा बल चुमाए ।

पहिलो हाफमा ६ पटकको आहारारा गोल्डकप विजेता नेपाल पुलिस क्लब १–०ले अगाडि हुँदा पहिलोपटक डेब्यु गरेको टिम चर्च ब्वाइज युनाइटेड गोल गर्न प्रयासरत छ ।

खेल पब्लिक फोरके टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको छ ।

प्रकाशित मिति २०७९ पुस १५ गते शुक्रबार ०३:११
हजुरको प्रतिक्रिया