२०८३ साउन २१ गते बिहीबार

पहिलो हाफ १–१ काे बराबरीमा

पहिलो हाफ १–१ काे बराबरीमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १८ गते सोमबार ०३:०१

खेलकाे प्रत्यक्ष प्रसारण पब्लिक फाेरके टेलिभिजनले गरिरहेकाे छ ।

पाेखरा
पोखरामा जारी आहारारा पोखरा गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलको पहिलो हाफ बराबरमा टुंगिएको छ । सोमबार पोखरा रंगशालास्थित फुटबल मैदानमा भएको खेलमा पहिलो हाफ १–१ मा टुंगिएको हो ।

खेलमा पहिले विभागीय टिम त्रिभुवन आर्मीले अग्रता लिएको थियो । खेलको १५ औं मिनेटमा दिनेश हेम्जनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको १४ औं मिनेटको अन्तिममा बल अगाडि बढाउन प्रयासरत दिनेश हेम्जनलाई संकटाका निशान खड्काले डिबक्स क्षेत्रमा लडाइदिएपछि आर्मीले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै १५ औं मिनेटमा नवयुग श्रेष्ठले बललाई विपक्षी गोलपोस्टको जाली चुमाए ।

तर, पहिलो हाफमै संकटाले अग्रतालाई बराबरीमा ल्यायो । खेलको ३५ औं मिनेटमा संकटाका मेसुकेले गोल गर्दै खेललाई बराबर बनाएका हुन् । उनले कप्तानसमेत रहेका सुनिल बलको असिस्टमा गोल प्रहार गरेका हुन् ।

खेलकाे प्रत्यक्ष प्रसारण पब्लिक फाेरके टेलिभिजनले गरिरहेकाे छ ।

प्रकाशित मिति २०७९ पुस १८ गते सोमबार ०३:०१
हजुरको प्रतिक्रिया