२०८३ साउन २१ गते बिहीबार

साविक उपविजेता मनाङ मर्स्याङ्दीलाई हराउँदै अमेरिकी टिम बीवाइएससी सेमिफाइनलमा

साविक उपविजेता मनाङ मर्स्याङ्दीलाई हराउँदै अमेरिकी टिम बीवाइएससी सेमिफाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस १९ गते मंगलबार ०४:१३

पोखरा अमेरिकी टिम बीवार्ईएससी पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार पोखरामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो । ६...

पोखरा
अमेरिकी टिम बीवार्ईएससी पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार पोखरामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै अन्तिम ४ मा स्थान सुरक्षित गरेको हो ।

६ पटकको आहारारा पोखरा गोल्डकप विजेता तथा ६ पटकको उपविजेता मनाङलाई १–० ले आमन्त्रित अमेरिकी क्लब बीवाईएससीले पराजित गरेको हो । बाई पाएर सिधै क्वार्टरफाइनमा पुगेको साविक उपविजेता मनाङ पहिलो खेलबाटै बाहिरिएको छ ।

आहारारामा अमेरिकी क्लब बीवाईएससी दोस्रो पटक सहभागी भएकाे हाे ।  क्लब अघिल्लो संस्करणमा पनि सहभागी भएको थियो । जसमा विभागीय टोली एपीएफसँग क्वार्टरफाइनलमा ३–१ ले पराजित हुँदै प्रतियोगिताबाटै बाहिरिनु प¥यो ।

बीवाईएससीले पहिलो हाफको सुरुवातमै अग्रता लिएको थियो । खेलको १७ औं मिनेटमा बीवाईएससीका प्रविण बस्नेतले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले हेक्टर ओर्टेगाले ब्याकमा फालिदिएको बल डिबक्सबाट रिसिभ गर्दै अवसरलाई गोलमा परिणत गरिदिएका थिए ।

दोस्रो हाफमा केही केही सुधार गरेर मैदान प्रवेश गरे पनि मनाङले नतिजा उल्टाउन भने सकेन । निकै प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टिमले डिबक्स क्षेत्र नजिकै पटकपटक मौका पाए पनि अवसरको सदुपयोग गर्न सकेनन् ।

नेपाली फुटबल इतिहासमा सबैभन्दा चर्चित र सफल मानिएको मनाङ मस्र्याङ्दी आहारारा गोल्डकपको पनि सफल टिम हो । २२ औं संस्करणसम्म आइपुग्दा मनाङ १२ पटक फाइनल पुगेर ६ पटक उपाधि उचालिसकेको छ ।

 

प्रकाशित मिति २०७९ पुस १९ गते मंगलबार ०४:१३
हजुरको प्रतिक्रिया