२०८३ असोज २४ गते शनिबार

आहा! रारा पोखरा गोल्डकप विशेष

सेमिफाइनलको पहिलो हाफमा साविक विजेताविरुद्ध संकटालाई २ गोलले अग्रता

सेमिफाइनलको पहिलो हाफमा साविक विजेताविरुद्ध संकटालाई २ गोलले अग्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २० गते बुधबार ०२:२१

पोखरा पोखरामा जारी २२ औं आहाराराको पहिलो सेमिफाइनल खेलको पहिलो हाफमा संकटा २–० ले अग्रता लिएको छ । साविक विजेता एपीएफसँगको खेलमा संकटाले ४ मिनेट र ४२ औं मिनेटमा गोल गरेको हो । खेलको सुरुमा संकटाका लागि स्टेफन बिनोङले गोल गर्दै...

पोखरा
पोखरामा जारी २२ औं आहाराराको पहिलो सेमिफाइनल खेलको पहिलो हाफमा संकटा २–० ले अग्रता लिएको छ । साविक विजेता एपीएफसँगको खेलमा संकटाले ४ मिनेट र ४२ औं मिनेटमा गोल गरेको हो ।

खेलको सुरुमा संकटाका लागि स्टेफन बिनोङले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । विदेशी खेलाडी मेसुके ओलामाउको पासको पासलाई रिसिभ गर्दै बललाई उनले ‘वन एन्ड वन’को स्थितिमा विपक्षी गोलपोस्टको जाली चुमाएका हुन् ।

जारी प्रतियोगितामा उनको यो दोस्रो गोल हो । यसअघि विभागीय टोली त्रिभुवन आर्मीलाई ३–१ ले पराजित गर्दा उनले १ गोल गरेका थिए ।

खेलको ४२ औं मिनेटमा मेसुके ओलामाउले व्यक्तिगत पहिलो गोल गर्दै टिमको अग्रता दोब्बर बनाए । उनले स्टेफनको पासमा लामो प्रहार गर्दै गोल गरेका हुन् । खेलमा एपीएफले पटकपटक अवसर पाए पनि सदुपयोग गर्न भने सकेन ।

उनले पनि आर्मीसँगको खेलमा एक गोल गरेका थिए ।

प्रकाशित मिति २०७९ पुस २० गते बुधबार ०२:२१
हजुरको प्रतिक्रिया