२०८३ साउन २१ गते बिहीबार

आहा! रारा पोखरा गोल्डकप विशेष

अमेरिकी क्लब बीवाईएससी र चर्च ब्वाइज फाइनलका लागि भिड्दै

अमेरिकी क्लब बीवाईएससी र चर्च ब्वाइज फाइनलका लागि भिड्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २१ गते बिहीबार ११:३५

आहाराराको २२ औं संस्करणसम्म आइपुग्दा चर्च ब्वाइज पहिलो पटक सहभागी भएको हो भने आमन्त्रित भुटनिज क्लब दोस्रो पटक सहभागी भएका हुन् ।

खेल पब्लिक टेलिभिजन र अफिसियल युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।

पोखरा
पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपका फाइनलका लागि आज चर्च ब्वाइज र अमेरिकाको भुटनिज क्लब भिड्ने भएका छन् । पोखरा रंगशालास्थित फुटबल मैदानमा दिउँसो साढे १ बजेदेखि सुरु हुने खेलको हारजित सँगै फाइनल खेल्ने २ टिमको टुंगो लाग्नेछ ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन विभागीय टोली एपीएफलाई स्तब्ध पार्दै संकटा क्लब फाइनलमा स्थान सुरक्षित गरिसकेको छ । आजको खेल जित्ने टिमले उपाधिका लागि संकटासँग भिड्नेछ ।

हालैमात्र बी डिभिजन लिगको विजेता हुँदै ए डिभिजन उक्लेको चर्च ब्वाइजले आहारारामा आक्रामक उपस्थित देखाएको छ । क्वार्टरफाइनलमा ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबलाई ३–१ पराजित गर्दै चर्च ब्वाइजले सान्दार जित निकालेको थियो ।

त्यसअघि चर्च ब्जाइजले प्रिक्वार्टरफाइनल खेलमा पनि ६ पटकको आहारारा पोखरा गोल्डकप विजेता नेपाल पुलिसलाई २–१ ले जित निकालेको थियो । मध्यान्तरअघि १–०ले पछि परेको चर्चले नाटकीय पुनरागमन गर्दै सर्वाधिक विजेता नेपाल पुलिसमाथि भारी भएको थियो ।

आहाराराको २२ औं संस्करणसम्म आइपुग्दा चर्च ब्वाइज पहिलो पटक सहभागी भएको हो भने आमन्त्रित भुटनिज क्लब दोस्रो पटक सहभागी भएका हुन् । सेमिफाइनल दुवैको पहिलो अनुभव हो । भुटनिजले आहाराराको ६ पटक विजेता र ६ पटक उपविजेता बनेको विजेता मनाङ मस्र्याङ्दीलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो ।

चर्च ब्वाइजले हालैमात्र राष्ट्रिय टिमका तेज तामाङ, अनन्त तामाङ, अञ्जन विष्ट, दिनेश राजवंशीलगायत खेलाडी अनुबन्ध गरेर नयाँ टिम बनाएको छ ।

सहारा वर्षोत्कृष्ट खेलाडीसमेत बनेका अनन्तले चर्च ब्वाइजको कप्तानी सम्हालेका छन् ।

खेल पब्लिक टेलिभिजन र अफिसियल युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हुनेछ।

प्रकाशित मिति २०७९ पुस २१ गते बिहीबार ११:३५
हजुरको प्रतिक्रिया