२०८३ साउन २१ गते बिहीबार

चर्चविरुद्ध बीवाईएससीको अग्रता

चर्चविरुद्ध बीवाईएससीको अग्रता

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ पुस २१ गते बिहीबार ०३:०४

पोखरा पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको अन्तिम सेमिफाइनलको पहिलो हाफमा आमन्त्रित टिम बीवाईएससीले अग्रता लिएको छ । पहिलो हाफको इन्जुरी समयमा बीवाईएससीका रोजिन प्रजापतिले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । ३ मिनेट...

पोखरा

पोखरामा जारी २२ औं आहारारा पोखरा गोल्डकपको अन्तिम सेमिफाइनलको पहिलो हाफमा आमन्त्रित टिम बीवाईएससीले अग्रता लिएको छ । पहिलो हाफको इन्जुरी समयमा बीवाईएससीका रोजिन प्रजापतिले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् ।

३ मिनेट थपिएको इन्जुरी समयमा प्रजापतिले खेलको ४६ औं मिनेटमा गोल गर्न सफल रहे । उनले बीवाईएससीका प्रविन बस्नेतको पासलाई हेडिङ गर्दै प्रजापतिले विपक्षी गोलपोस्टको जाली चुमाएका हुन् ।

अघिल्लो पटक क्वार्टरफाइनलबाटै बाहिरिएको बीवाईएससी ६ पटकको विजेता र ६ पटक उपविजेता बनेको मनाङमर्स्याङ्दीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । पहिलो पटक आहारारामा सहभागी भएको चर्च ब्वाइजले मच्छिन्द्र क्लबलाई पराजित गर्दैै अन्तिम ४ का लागि स्थान सुरक्षित गरेको थियो ।

फाइनल प्रवेशका लागि चर्च ब्वाइज र अमेरिकाको बीवाईएससी पोखरा रंगशालास्थित मैदानमा सघर्षरत छन् । निकै प्रतिस्पर्धात्मक बनिरहेको आजको खेलको विजेताले उपाधिका लागि संकटा क्लबसँग भिड्नेछन् ।

खेल पब्लिक फोरके टेलिभिजनबाट प्रत्यक्ष प्रसारण भइरहेको छ ।

प्रकाशित मिति २०७९ पुस २१ गते बिहीबार ०३:०४
हजुरको प्रतिक्रिया