पोखरा
संकटमा फसेर बचतकर्ताको रकम फिर्ता गर्न नसकेको पोखराको रत्नचोकस्थित साथी किसान कृषि सहकारी संस्था लिमिटेडको पुरानो नेतृत्वले नयाँ नेतृत्वलाई हिसाबकिताब बुझबुझारथ गरेको छ । शुक्रबार पुरानो कार्य समितिको नेतृत्व गरेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले नयाँ अध्यक्ष डा. शनि पाठकलाई बुझबुझारथ गरेका हुन् । अधिवेशनको तीन महिनापछि बल्ल हिसाबकिताब बुझाइएको हो ।
यो पढ्नुस्
रास्वपा सांसद ढाकाकुमारमाथि सहकारीको एक कराेड हिनामिनाको आरोप
बुधबार साथी किसान सहकारीले बचतकर्ताको रकम फिर्ता नगरेपछि रास्वपा सांसद श्रेष्ठको नेतृत्वको सहकारीले रकम हिनामिना गरेको समचार प्रकाशित गरेपछि उनले भोलिपल्टै बुझबुझारथ गरेका हुन् । एक प्रेस विज्ञप्ती निकाल्दै शहकारीमा अब कुनै समस्या नरहेको उल्लेख गरिएको छ । ‘आगामी दिनमा नयाँ पूरानो समिति मिलेर सहकारीको आय व्यय मिलाउँदै जाने भन्ने हाम्रो सहमती भएको छ’, विज्ञप्तीमा उल्लेख गरिएको छ । डा. श्रेष्ठले चल अचल सम्पत्ति हिनामिना नगरेको पनि विज्ञप्तीमा भनिएको छ ।
यो पढ्नुहोस्
डा. श्रेष्ठले आफूले बुझबुझारथ गर्नुपर्छ भन्ने थाहा नभएकाले नगरेको दाबी गरे । उनले भने ‘बुझबुझारथ मलाई थाहा थिएन रियल्ली भन्नुपर्दा । मलाई के लाग्थ्यो भने अधिवेशन गरेर अडिट रिपोर्ट हाम्रा प्रतिवेदनहरु पास भइसकेपछि मेरो कार्यकाल सक्कियो भन्ने लाग्यो । तर, यहाँ अहिले बनेको समितिले नै बुझबुझारथ भइसक्या छैन । त्यै भएर अब हामी त्यो नभइञ्जेल काम गर्दै गर्दैनौं भन्ने खालको गुनासो रहेछ ।’ अगाडि थप्दै भने, ‘हिसाब बुझाउनु भएन । हिसाब बुझाउनु भएन भन्ने उहाँहरुलाई लागिरहेको रहेछ । त्यै भएर आज मैले सम्पूर्ण कुराहरु खोल्दिएछु । सबै हिसाब किताब दिएको छु उहाँहरुले बुझ्नुभयो ।’
प्रकरणबारे विस्तृत रिपोर्ट
सहकारीको कात्तिक ७ गते साधरणसभा भएर नयाँ कार्यसमित चयन गरिएको थियो । निर्वतमान श्रेष्ठले भने त्यसअगाडि नै आफू राजनीतिमा लागेपछि उपाध्यक्ष चेत हमाललाई कार्यवहाक दिएर हिँडेको बताउँछन् ।
यस सम्बन्धी भिडियो रिपोर्ट
हालका अध्यक्ष डा. शनि पाठकले श्रेष्ठ व्यस्त भएर सहकारी छाडेपनि बुझबुझारथ गरेर छाडेको भए अहिलेको समस्या नआउने बताउँछन् ।
कुखुरा पालक किसानलाई विचौलियबाट मुक्त बनाउने भन्दै २०७६ मा सहकारी स्थापना भएको थियो । पुरानो एक शहकारीको स्वमित्व लिएर खोलिएको शहकारीले बजारबाट मात्रै १ करोड रुपैयाँ उठाउन बाँकी छ । बचतकर्तालाई २० भन्दा बढी फिर्ता गर्न बाँकी छ । पोखरा महानगरपालिकाको सहकारी शाखामा २ करोड रुपैयाँ हिनामिना भएको भन्दै निवेदन परेको छ ।
प्रकाशित मिति २०७९ पुस २९ गते शुक्रबार ०६:३२




