२०८३ साउन २१ गते बिहीबार

वालिङमा हेलिकप्टर ल्यान्ड गर्न दबाब दिने यात्रु र पाइलटलाई कुटपिट गर्ने ६ जना पक्राउ

वालिङमा हेलिकप्टर ल्यान्ड गर्न दबाब दिने यात्रु र पाइलटलाई कुटपिट गर्ने ६ जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ माघ १० गते मंगलबार ०४:२७

उनीहरुविरुद्ध क्याप्टेन रनेश डंगोलले सोमबार किटानी जोहेरी दिएका थिए ।

पोखरा

वालिङमा फुटबल प्रतियोगिता भइरहेकोबेला मैदानमा हेलिकप्टर ल्यान्ड गर्न दबाब दिने यात्रु र पाइलटलाई कुटपिट गर्ने ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा हेलिकोप्टर चार्टर गर्ने विनोद गैरे, सुशील गिरी, खिमबहादुर थापा, उज्ज्वल थापा तथा कुटपिट गर्ने विष्णु गुरुङ र सुरेश श्रेष्ठ छन् ।

उनीहरुविरुद्ध क्याप्टेन रनेश डंगोलले सोमबार किटानी जोहेरी दिएका थिए ।

जिल्ला प्रहरी स्याङजाका सूचना अधिकारी प्रहरी निरीक्षक पदम थापाले अदालतबाट १० दिनको म्याद अनुसन्धान अगाडि बढाइएको जानकारी दिए ।

यो पढ्नुहोस्: 

वालिङमा गोल्डकप चलिरहेका बेला मैदानमै हेलिकप्टर ल्याण्ड गरेपछि लफाडा

प्रकाशित मिति २०७९ माघ १० गते मंगलबार ०४:२७
हजुरको प्रतिक्रिया