२०८३ साउन २१ गते बिहीबार

आहारारा पोखरा गोल्डकपः मच्छिन्द्र र जावलाखेल आमनेसामने हुँदै

आहारारा पोखरा गोल्डकपः मच्छिन्द्र र जावलाखेल आमनेसामने हुँदै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ ११ गते बिहीबार ०९:५९

मच्छिन्द्र र जावलाखेलबीचको खेलमा विजेता टोलीले क्वार्टरफाइनलमा माघ १५ गते मनाङ मस्र्याङ्दीको सामना गर्नेछ ।

पोखरा

आहारारा पोखरा गोल्डकपमा आज मच्छिन्द्र फुटबल क्लब र जावलाखेल युथ क्लब भिड्दैछन् ।

२३ औं संस्करणको आहारारा पोखरा गोल्डकपको तेस्रो प्रिक्वार्टरफाइनलमा मच्छिन्द्र र जावलाखेल आमनेसामने हुन लागेका हुन् ।

पोखरा रंगशालाको फुटबल स्टेडियममा दिउँसो साढे २ बजेदेखि खेल सुरु हुनेछ ।

मच्छिन्द्र र जावलाखेलबीचको खेलमा विजेता टोलीले क्वार्टरफाइनलमा माघ १५ गते मनाङ मस्र्याङ्दीको सामना गर्नेछ ।

मच्छिन्द्र र जावलाखेलबीचको यो पहिलो आमनेसामने हो । यसअघि मच्छिन्द्रले ५ पटक सहभागिता जनाउँदा जावलाखेल युथ क्लब ३ पटक सहभागी भएको थियो । हालसम्म दुवै टिमले उपाधि जित्न सकेका छैनन् ।

२२ औं संस्करणमा मच्छिन्द्र प्रिक्वार्टरफाइनलमा चर्च ब्वाइजसँग मच्छिन्द्र ३–१ गोल अन्तरले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो ।

जवालाखेल भने एक दशकपछि पोखरा आहारारा गोल्डकप खेल्न आएको हो ।

२०६८ मा भएको १० औं संस्करणमा आहारारा गोल्डकपमा पहिलो पटक सहभागी भएको जावलाखेलले डेब्यु प्रतियोगितामै फाइनलको यात्रा गर्न सफल भयो ।

फाइनलमा पोखरामा चर्चित मनाङ मस्र्याङ्दी क्लबसँग २–० अन्तरले पराजित भएको थियो ।

मंगलबारको उद्घाटन खेलमा आयोजक साहरा क्लबलाई २–१ गोल अन्तरले पाखा लगाउदै थ्रिस्टार क्लबले क्वार्टरफाइनलमा स्थान बनाएको छ ।

बुधबारको खेलमा नवलपरासीको राइजिङ स्टार क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै विभागीय टोली नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले पनि अन्तिम आठमा स्थान पक्का ग¥यो ।

प्रतियोगितामा भुटानको लिग च्याम्पियन पारो एफसिसहित १२ टिमको सहभागिता रहेको छ ।

माघ २० गतेसम्म चल्ने प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ र उपविजेताले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

प्रकाशित मिति २०८० माघ ११ गते बिहीबार ०९:५९
हजुरको प्रतिक्रिया