२०८३ साउन २१ गते बिहीबार

आहा! रारा पोखरा गोल्डकप विशेष

भुटानको पारो एफसीलाई हराउँदै थ्रीस्टार क्लब आहा राराको सेमिफाइनलमा

भुटानको पारो एफसीलाई हराउँदै थ्रीस्टार क्लब आहा राराको सेमिफाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १३ गते शनिबार ०५:४६

थ्री स्टारले अब सेमिफाइनलमा जावलाखेल र मनाङबीचको विजेतासँग खेल्नेछ

अतिरिक्त समयमा थ्री स्टारका आशिष एक्लैले २ गोल गरे

पोखरा
आशिष चापागाईंले एकल दुई गोल प्रहार गर्दा भुटानको पारो एफसीलाई हराउँदै थ्री स्टार क्लब आहा रारा पोखरा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा शनिबार भएको खेलमा पारो एफसीलाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

निर्धारित समयमा खेल गोलरहित भए पनि अतिरिक्त समय छुट्याइएको थियो । अतिरिक्त समयमा थ्री स्टारका आशिष एक्लैले २ गोल गरेका हुन् ।

खेलको ११४ मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका आशिषले त्यसपछि ११९ औं मिनेटमा दोस्रो गोल गरेका थिए ।

थ्री स्टारले अब सेमिफाइनलमा जावलाखेल र मनाङबीचको विजेतासँग खेल्नेछ ।

२३ औं आहारारा पोखरा गोल्डकपमा दोस्रो क्वार्टरफाइनल अन्तर्गत खेल आइतबार डिफेन्डिङ च्याम्पियन संकटा र विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच हुनेछ ।

प्रकाशित मिति २०८० माघ १३ गते शनिबार ०५:४६
हजुरको प्रतिक्रिया