२०८३ साउन २१ गते बिहीबार

जावलाखेलद्वारा मनाङमर्स्याङ्दी सडेन डेथमा शिकार

जावलाखेलद्वारा मनाङमर्स्याङ्दी सडेन डेथमा शिकार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १५ गते सोमबार ०६:१८

आहारारामा जावलाखेलले मनाङमर्स्याङ्दीमाथि १२ वर्षपछि हारकाे बदला लिएकाे हाे ।

पाेखरा

मनाङलाई सडन डेथमा हराउँदै जावलाखेल युथ क्लब आहारारा पोखरा गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

टाइब्रेकरमा मनाङका लागि रणदिप पौडेलले प्रहार गरेको नवौं पेनाल्टी जाउलाखेलका गोलरक्षक युनेश चौधरीले बचाए र टिमलाई सेमिफाइनल पु¥याए ।

यसअघि निर्धारित ९० मिनेटमा दुवै टिमबाट १–१ गोल भएपछि थपिएको अतिरिक्त समयमा कुनै गोल भएन र खेल टाइब्रेकरमा पुगेको थियो ।

खेलमा जावलाखेलले पहिले अग्रता लिएको थियो । खेलको ५५ औं मिनेटमा जावलाखेलका हिसुब थपलियाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

तर, खेलको अन्तिममा आएर मनाङका राजेश परियारले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

उनले ८९ औं मिनेटमा गोल गरेपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

यसअघि ०६८ काे आहाराराकाे फाइनलमा दुवै टिम पहिलाेपल्ट भिडेका थिए । जसमा मनाङमर्स्याङ्दीलेे २-० ले जावलाखेललाई उपाधि जित्नबाट राेकेकाे थियाे ।

आहारारामा जावलाखेलले १२ वर्षपछि हारकाे बदला लिएकाे हाे ।

जावलाखेलले अब माघ १७ गते सेमिफाइनलमा थ्रीस्टारसँग भिड्नेछ ।

थ्रीस्टारले क्वार्टरफाइनलमा पाहुना टोली भुटानको पारो एफसीलाई पराजित गर्दै अन्तिम ४ मा स्थान पक्का गरेको थियो ।

प्रकाशित मिति २०८० माघ १५ गते सोमबार ०६:१८
हजुरको प्रतिक्रिया