२०८३ साउन २१ गते बिहीबार

आहारारा पोखरा गोल्डकपः जावलाखेललाई हराउँदै थ्रीस्टार फाइनलमा

आहारारा पोखरा गोल्डकपः जावलाखेललाई हराउँदै थ्रीस्टार फाइनलमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १७ गते बुधबार ०५:४३

पोखरा पोखरामा जारी २३ औं आहारारा पोखरा गोल्डकपमा जावलाखेललाई रोक्दै थ्रीस्टार क्लब फाइनलमा पुगेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टारले जावलाखेललाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो । थ्रीस्टारको जितका लागि...

पोखरा

पोखरामा जारी २३ औं आहारारा पोखरा गोल्डकपमा जावलाखेललाई रोक्दै थ्रीस्टार क्लब फाइनलमा पुगेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा थ्रीस्टारले जावलाखेललाई १–० ले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।

थ्रीस्टारको जितका लागि खेलको ७८ औं मिनेटमा दिपेश घलेले एकमात्र निर्णायक गोल गरे ।

खेलको ६६ औं मिनेटमा आदित्य शाक्यको स्थानमा मैदान प्रवेश गरेका उनले टिमका लागि निर्णायक गोल गर्दै फाइनलसम्म पु¥याएका हुन् ।

उनले टिममेट दिपेश आलेमगरको असिस्टलाई सुन्दर फिनिसिङ दिएका हुन् ।

खेलको सुरुआतमा थ्रीस्टार जावलाखेलको केही दबाबमा परेको थियो । पटकपटक सुन्दर अवसर पाउँदा पनि दुवै टिम गोल गर्न चुकिरहेका थिए ।

तर, खेलको दोस्रो हाफमा भने अधिकांश समय जावलाखेल दबाबमा परेको थियो ।

थ्रीस्टार आहारारा गोल्डकपको ५ पटक उपाधि जितिसकेको छ ।

थ्रीस्टारले हालसम्म २०६३, २०६७, २०६९, २०७१ र २०७५ मा आहाराराको उपाधि जितेको छ ।

यसअघि २०७५ मा थ्रीस्टार अन्तिम पटक फाइनलमा पुगेको थियो भने उपाधिसमेत जितेको थियो ।

अब माघ २० गते थ्रीस्टारले उपाधिका लागि चर्चब्वाइज र नेपाल आर्मीमध्ये एक विजेतासँग खेल्नेछ ।

भोलि अन्तिम सेमिफाइनलअन्तर्गत चर्चब्वाइज र नेपाल आर्मी फाइनल प्रवेशका लागि भिड्नेछन् ।

प्रकाशित मिति २०८० माघ १७ गते बुधबार ०५:४३
हजुरको प्रतिक्रिया