२०८३ असोज २४ गते शनिबार

आहा! रारा पोखरा गोल्डकप विशेष

उपाधि होडमा त्रिभुवन आर्मी र थ्रीस्टार क्लब आमने–सामने

उपाधि होडमा त्रिभुवन आर्मी र थ्रीस्टार क्लब आमने–सामने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८० माघ १९ गते शुक्रबार ०७:३७

थ्रीस्टारले जिते सर्वाधिक उपाधि जित्ने टोलीमा सामेल हुने छ भने आर्मीले जिते हारको श्रृंखलामा ब्रेक लाग्नेछ

थ्रीस्टारले हालसम्म ५ पटक उपाधि जितेको छ

पोखरामा जारी आहारारा पोखरा गोल्डकपमा भोलि उपाधिका लागि विभागीय टोली त्रिभुवन आर्मी र थ्रीस्टार क्लब भिड्दैछन् । खेल दिउँसो साढे २ बजेदेखि पोखरा रंगशालामा हुनेछ ।

दुवै टोली ५ वर्षपछि पहिलो पटक फाइनलमा भिड्न लागेका हुन् । यसअघि २०७५ सालको फाइनलमा भिडेका थिए । जसमा थ्रीस्टारले आर्मीलाई पराजित गरेको थियो । थ्रीस्टारले हालसम्म ५ पटक उपाधि जितेको छ भने आर्मी पटकपटक फाइनल पुगेर पनि उपाधिविहीन छ ।

भोलिको खेल थ्रीस्टारले जिते सर्वाधिक उपाधि जित्ने टोलीमा सामेल हुने छ भने आर्मीले जिते हारको श्रृंखलामा ब्रेक लाग्नेछ । त्यसैले पनि भोलिको खेल रोमाञ्चक बन्ने देखिन्छ । यसअघि विभागीय टोली नेपाल पुलिस र मनाङमस्र्याङ्दी समान ६, ६ सहित सर्वाधिक उपाधि जित्ने टोलीमा छन् ।

शुक्रबार भएको प्रिम्याच कन्फ्रेन्समा आर्मीका प्रशिक्षक मेघराज केसी आफ्नो टीमले ४, ५ महिनादेखि निरन्तर तालिम गरेर आएकोले सहज जित हात पार्ने दावी गरे ।

त्यस्तै, थ्रीस्टारका प्रशिक्षक विक्रम लामाले फाइनलका लागि आफूहरु तयार रहेको बताए । उनले आफूले पाएको अवसर गुम्न नदिने बताए । प्रतियोगिताको विजेताले १२ लाख, उपविजेताले ६ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रकाशित मिति २०८० माघ १९ गते शुक्रबार ०७:३७
हजुरको प्रतिक्रिया