२०८३ साउन २१ गते बिहीबार

आहा रारा गोल्डकपः एपिएफलाई हराउँदै मछिन्द्र क्वाटरफाइलनमा

आहा रारा गोल्डकपः एपिएफलाई हराउँदै मछिन्द्र क्वाटरफाइलनमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८१ माघ २३ गते बुधबार ०६:२९

पोखरा मछिन्द्र फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई २–० गोल हराउँदै मछिन्द्र क्वाटरफाइनलमा पुगेको हो । पहिलो...

पोखरा
मछिन्द्र फुटबल क्लब पोखरामा जारी आहा रारा गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा बुधबार भएको खेलमा विभागीय टोली एपीएफ क्लबलाई २–० गोल हराउँदै मछिन्द्र क्वाटरफाइनलमा पुगेको हो ।

पहिलो हाफ दुवैतर्फ गोल हुन नसके पनि दोस्रो हाफमा २ गोल गर्दै मछिन्द्रले जित हासिल ग¥यो । दोस्रो हाफमा मैदान प्रवेश गरेका आदित्य शाक्यले खेलको ७४औं मिनेटमा गोल गर्दै मछिन्द्रलाई सुरुआति अग्रता दिलाएका थिए । उनी मनिष डाँगीको स्थानमा खेलको ६७औं मिनेटमा मैदान छिरेका थिए ।

आयुष घलानले दिएको पासमा शाक्यले गोल गरे । खेलको ८१औं मिनेटमा मछिन्द्रका स्टेफन कामाहाले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि दुवैतर्फबाट गोल हुन नसक्दा खेल मछिन्द्रले २–० ले आफ्नो पक्षमा पा¥यो । अब मछिन्द्रले सेमिफाइनल प्रवेशका लागि थ्री स्टार क्लबसँग खेल्नेछ ।

प्रतियोगिताको तेस्रो दिन भोलि चर्च ब्वाइज क्लब र एनआरटीबिच प्रतिष्पर्धा हुनेछ । उक्त खेल पोखरा रंगशालामा दिउँसो साढे २ बजेबाट सुरु हुनेछ ।

प्रकाशित मिति २०८१ माघ २३ गते बुधबार ०६:२९
हजुरको प्रतिक्रिया